राससका कार्यकारी अध्यक्ष झा बैतडीमा सम्मानित

बैतडी:राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा बैतडीमा सम्मानित हुनुभएकाे छ।

सहिद दिवसकाे अवसरमा सहिद दशरथचन्दकाे जन्मघर दशरथचन्द नगरपालिका -५ बस्काेटमा आयाेजना गरिएको दशरथचन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गाेष्ठीकाे अवसरमा कार्यकारी अध्यक्ष झा सम्मानित हुनुभएकाे हाे ।

राष्ट्रियता संरक्षण अभियानकाे आयाेजना, दशरथचन्द नगरपालिकाकाे प्रवर्धन तथा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानकाे सहकार्यमा सञ्चालित गाेष्ठीमा अध्यक्ष झालाई “रामबहादुर चन्द स्मृति पत्रकारिता गाैरव सम्मान ” बाट सम्मान गरिएको अभियानका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयाे ।

विगत लामाे समयदेखि नेपाली पत्रकारिताकाे विकासमा
पुर्‍याउनुभएकाे याेगदान अविस्मरणीय र अनुबरणीय रहेकाे भन्दै सम्मान गरिएको जनाएको छ।

चार दशक लामाे पत्रकारिता यात्रामा प्रेस स्वतन्त्रता र नागरिककाे हकहितका लागि गर्दै आउनुभएको पैरवी र उदाहरणीय रहेकाे आयाेजकले बताएको छ।
सक्रिय पत्रकारितासंगै नेपाली साहित्यकाे श्रीबृद्धिमा समेत याेगदान प्रसंसनीय छ।

नेपाली पत्रकारिता र मिथिला क्षेत्रकाे प्राचीन इतिहास,पुरातत्त्व,संस्कृति, कला र साहित्यकाे उन्नयनमा पुर्याउदै आउनुभएको याेगदानकाे उच्च कदर गर्दै दीर्घ जीवन र उज्ज्वल भविष्यकाे कामनासहित सम्मान गरिएको हाे ।
कार्यकारी अध्यक्ष झालाई नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले सम्मानपत्र र रूद्राक्षकाे मालाले सम्मान गर्नुभयाे।

बैतडीको च्वागढ घर भएका रामबहादुर चन्द सुदूरपश्चिमकै पहिलाे पत्रकार हुनुहुन्थ्यो ।

यस्तै राष्ट्रिय समाचार समिति(रासस)का सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सिद्धराज भट्टलाई पनि सम्मान गरिएको छ।

प्रमुख भट्टलाई “दशरथचन्द स्मृति पत्रकारिता गाैरव सम्मान” बाट सम्मान गरिएको हाे।
प्रेस स्वतन्त्रताका लागि निरन्तर क्रियाशिल रहदै सुदूरपश्चिमकाे पत्रकारिताकाे विकासमा पुर्याएकाे याेगदानकाे कदर गरेर उहाँलाई सम्मान गरिएको सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयाे ।

यस्तै साेही कार्यक्रममा उद्योगपति गाैरव सम्मान दानबहादुर चन्द,समावेसी गाैरव सम्मान मायाप्रकाश भट्ट,शिक्षा क्षेत्र गाैरव सम्मान मानबहादुर चन्द,संस्कृति गाैरव सम्मान ज्याेतिष तारादत्त पन्तलाई गरिएको छ।
यसैबीच सम्मानपश्चात बाेल्नुहुँदै कार्यकारी अध्यक्ष झाले

सहिद दशरथचन्दकाे जन्मघरलाई सङग्रालयका रूपमा स्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे,” याे जन्मघर मात्रै हाेइन्। याे पालनधाम हाे । कर्तव्यपथमा लैजाने उर्जाकर्म भूमि हाे। याे घरलाई सङग्रालय बनाउनुपर्छ ।”
यसका साथै उहाँले साहित्य उत्सव र अन्तर्राष्ट्रिय काव्यगाेष्ठीले संस्कृति जाेड्ने,देश जाेड्ने काम गरेकाे बताउनुभयाे।

कार्यकारी अध्यक्ष झा आजै सहिद दशरथचन्द स्मृति प्रतिष्ठानकाे आजीवन सदस्य समेत हुनुभएकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!