बैतडीमा अन्तरपालिका भलिबल: क्वाटरफाइनल पुगे आठ टिम

बैतडी:बैतडीको देहिमाडाैंमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियाेगितामा क्वाटरफाइनल पुग्ने आठ टाेलीकाे टुंगाे लागेकाे छ। महिलातर्फ सात र पुरूषतर्फ एक गरि क्वाटरफाइनल पुग्ने आठ टाेलीकाे टुंगो लागेकाे जिल्ला खेलकुद समितिका भलिबल प्रशिक्षक हरि भण्डारीले जानकारी दिनुभयो ।

महिलातर्फकाे समूह ए बाट दशरथचन्द नगरपालिका ए र दाेगडाकेदार गाउँपालिका,समूह बी बाट मेलाैली नगरपालिका, समूह सी बाट पुर्चाैडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका ,समूह डी बाट शिवनाथ गाउँपालिका र पाटन नगरपालिका ए टिम क्वाटरफाइनल पुगेकाे हाे। क्वाटरफाइनल पुग्ने अन्तिम टाेलिकाे टुंगो भाेलि लाग्ने र भाेलिदेखि नै क्वाटरफाइनलका खेलहरू सञ्चालन हुने जनाइएको छ।

यस्तै पुरूषतर्फ दशरथचन्द नगरपालिका ए टिम दुई खेल जित्दै क्वाटरफाइनल पुगेकाे भलिबल प्रशिक्षक भण्डारीले बताउनुभयो । क्वाटरफाइनल पुग्ने बाँकी टिमहरूकाे टुंगो भाेलि लाग्ने जनाइएको छ।
नेपाल खेलकुद महासंघकाे आयाेजनामा सुरू भएकाे अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टाेलीकाे सहभागी रहेकाे छ।
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।
प्रतियोगीताले भलिबल खेलकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!