दनपाकाे नगरस्तरीय क्रिकेट १० नम्बरले जित्याे

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय पुरूष क्रिकेट प्रतियोगिताकाे उपाधि वडा नम्बर १० ले जितेको छ।

आज सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ३५ रनले हराउदै वडा नम्बर १० ले हात पारेकाे अम्पायर अनिल चन्दले बताउनुभयो ।

उपाधिसंगै वडानम्बर १० ले ५० हजार पुरस्कार पायाे भने उपविजेता वडा नम्बर २ ले ३० हजारमा चित्त बुझायाे ।

दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा जितका लागि पाएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे वडा नम्बर २ १७.४ ओभरमा ८२ रनमा समेटियाे। जसमा भुपेश बाेहराले सर्वाधिक ३२ रन बनायाे।
बलिङतर्फ वडा नम्बर १० का प्लेयर अफ द फाइनल समेत भएका उमेश सिंह बुडालले ५ र लाेकेन्द्र चन्दले ३ विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको वडा नम्बर १० ले ११७ रन बनायाे । उसका पञ्कज चन्दले अविजित ३० र दिनेश चन्दले २६ रनकाे याेगदान गरे ।

वडा नम्बर २ का लागि पशुपति प्रसाद मल्लले ४ विकेट झारे।

यसैबीच प्रतियोगिताभर २०२ रन र ६ विकेट हात पारेका सुमित बुडाल म्यान अफ द सिरिज र बेस्ट ब्याटर भए।
यस्तै १० विकेट लिएका भान चन्द बेस्ट बलर र बसन्त बाेहरा उदयीमान खेलाडी चुनिएका स्काेरर तिलक बाेहराले बताउनुभयो ।

म्यान अफ द सिरिजलाई ५ हजार,बेस्ट ब्याटर र बेस्ट बलरलाई २/२ हजार तथा उदयीमान खेलाडीले १ हजार पुरस्कार पाए।

विजेता, उपविजेता खेलाडीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी, उपप्रमुख काैशिला चन्द, नगर खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दलगायतले पुरस्कार वितरण गर्नुभयाे ।

माघ ७ गतेदेखि सुरू भएको प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाका टिमको सहभागीता रहेकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!