भारतले इङ्ग्ल्याण्डलाई हरायाे,चम्किए वरुण र अभिषेक

काठमाडौं: भारत र इङ्ग्ल्याण्डकाे पाँच खेलको टि ट्वान्टी आई सिरिज आजदेखि सुरू भएकाे छ।
भारतको कोलकातामा बुधवार भएको पहिलाे खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो ।
जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ ।
१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतलाई सहज जित दिलाउन ओपनर अभिषेक शर्माले सर्वाधिक ७९ रन जोडे । उनले ३४ बलमा ८ छक्का र ५ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि शर्मा र तिलक बर्माले ८४ रनको साझेदारी गरे । बर्माले १६ बलमा ३ चौकाको सहयोगमा नट आउट रहँदै १९ रन बनसए । सञ्जु स्यामसनले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २६ रन जोडे ।
हार्दिक पाण्ड्या ३ रनमा नट आउट रहे ।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले २ र आदिल राशिदले १ विकेट लिए ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको थियो ।
इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । ह्यारी ब्रुकले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि वरुण चक्रवर्तीले ३, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ विकेट लिए ।
इङ्ग्ल्याण्ड ५ टि ट्वान्टी आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा छ ।

दोस्रो टि ट्वान्टी आई शनिवार चेन्नइमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!