बैतडी:आगलागीबाट बैतडीमा सात लाख बढीको क्षति भएको छ ।
बुधबार दिउँसो जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा भएकाे आगलागीबाट सातलाख बढीको क्षति भएकाे हाे।
भट्टकाे चारकोठे दुईतले घरमा बालेको दियोबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे ।
उक्त आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा ७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुले मिलेर समयमै आगो नियन्त्रणमा लिएकाले मानवीय र पशुचौपायामा क्षति भने हुन पाएन ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

