ललितपुर मेयर्स कप: सुदूरपश्चिम फाइनलमा,उपाधि भिडन्त एपीएफसंग

बैतडी: सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ। आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनकाे शानदार जीत निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेकाे हाे।

सुदूरपश्चिमले दिएकाे १५८ रनकाे विशाल लक्ष्य पछ्याएकाे बागमती १६.१ ओभरमा ४८ रनमा अलआउट भयाे। उसका करिश्मा गुरूङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । बागमतीकाे पारी ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका रितु कनाैजियाले ३ , लक्ष्मी साउँदले २,कविता जाेशीले २,करिश्मा थापाले १ र कप्तान बिन्दु रावलले १ विकेट हात पारे।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन जोड्यो । प्रतियोगितामा दाेस्राे अर्धशतक प्रहार गरेकी सम्झनाले ४७ बलमा १० चौकासहित ७४ रनमा अविजित रहिन्।उनी प्लेयरअफ द म्याच समेत भइन् ।
यस्तै कप्तान बिन्दु रावलले २८,रूवी पाेद्दारले २८ र कविता जाेशीले २० रनकाे याेगदान गरिन्।

बागमतीका लागि करिश्मा गुरूङले १ विकेट हात पारिन् ।
जितसंगै सुदूरपश्चिम चार खेलबाट तीनजितसहित ६ अंक जाेड्दै अंकतालिकाकाे दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेकाे छ। एपीएफ क्लब ४ खेलबाट ८ अंक जाेड्दै फाइनलमा पुगेकाे हाे।
यी दुबै टाेलीबीच फाइनल भिडन्त शनिबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!