मेलाैलीकाे राष्ट्रपति रनिङ शिल्ड माघ ११ गतेदेखि हुने

बैतडी:बैतडीकाे मेलाैली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता यही माघ ११ गतेदेखि सुरू हुने भएकाे छ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ विद्यालयकाे सहभागीता रहने मेलाैली नगर खेलकुद समितिका अध्यक्ष सागर भण्डारीले जानकारी दिनुभयाे।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराँतेलगायतका खेलहरू हुनेछन् ।

गत वर्ष सम्पन्न नगरस्तरीय रनिङ शिल्डकाे उपाधि मणिलेक माविले हात पारेकाे थियाे।

खेलकुद क्षेत्रमा मेलाैली अब्बल देखिएकाे छ।

मेलाैली नगरपालिका विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदै आएकाे छ।

यसअघि लगातार दुईपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेकाे मेलाैली ह्याट्रिक गर्ने दाउमा छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!