काठमाडौं: विश्वकप टी-२० क्रिकेट प्रतियोगिताकाे दाेस्राे खेलमा पनि नेपाल विजयी भएकाे छ। दाेस्राे जित दर्ता गर्ने क्रममा नेपालले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको हाे। जसमा नेपाल ४९ रनले विजयी भयाे।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो ।
नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरेका थिए ।
कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए ।
नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
