काठमाडौं: भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल) को सनराईजर्स हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टाेली बनेकाे हाे ।
तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् ।
कोलकत्ता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ति गरेको छ ।

