बैतडी : बैतडीमा साहिलेकमा सञ्चालित कपडा बैंकले दोस्रो वर्षमा प्रवेश गरेको छ। गत वर्ष माग १ गतेबाट माया घर बैतडीद्वारा सञ्चालन भएको कपडा बैंकले दोस्रो वर्षमा प्रवेश गरेको संयोजक महेश दत्त भट्टले बताउनुभयो।
हुनेले दिने, नहुनेले लगेर जाने भन्ने परोपकारी कार्य गर्ने भन्ने मुल उदेश्य राखेर मौसम अनुसारको लुगा बितरण, अन्य सामाजिक कार्य गर्ने हेतुले माया घर बैतडी द्वारा कपडा बैंक सन्चालन भएको हो ।
अति बिपन्न, एकल, असहाय, बेसाहार, टुहुरा बालबालिकाहरुलाइ लक्षित गरेर यो कामको सुरुवात गरेको माघ १ गते एक वर्ष पूरा भएको छ ।
एक वर्षको अवधीमा एउटा शाखा मेलौलिमा सन्चालन गरिएको छ ।
एक वर्षको अवधिमा ६१८ परिवारलाई कपडा बैंक बैतडीबाट लुगा बितरण गरिएको छ भने, १९२ परिवारलाई शाखा मेलौली बाट बितरण गरिएको छ । जम्मा ८०० परिवारलाई लुगा वितरणबाट गरिएको छ ।
यश अवधीमा शिवस्थली मा.वि. जर्ग, बिरेन्द्र मा.बि.को छात्रावास बस्ने टुहुरा, असहाय विद्यार्थी, जगदम्बा मा.वि. हतरङ्गा, नागार्जुन आ.वि. सपराली, केदारेस्वर मा.वि. दुर्गास्थान, गङ्गेस्वर आ.वि. कोटिगाउका विद्यालयहरुले छनोट गरेका अति बिपन्न विद्यार्थीहरुलाई लुगा बितरण गरिएको छ ।
यश सामाजिक कार्यमा ब्यक्तिगत, सस्थागतरुपमा सहयोग पाइएको छ जम्मा
संस्थागत रुपमा सहयोग गर्ने मायाघर इटहरी, दृस्टी फाउन्डेसन धनगढी, राष्ट्रिय बाणिज्य बैंक बैतडी, धनगढी नेत्रालय, कपडा बैंक धनगढी, बाराकोट समाज काठमान्डौ, लायन्स क्लब धनगढी, प्रेस चौतारी बैतडी, सुदुरपस्चिम सङ्गिनी समूह काठमाण्डौ, हेडस नेपालले लुगा, आमाको माया छात्रावास, दिएर सहयोग गर्नु भएको छ ।
त्यस्तै ब्यक्तिगत रूपमा सहयोग गर्ने मनकारी समाजसेवी ब्यक्तित्व टेकराज पनेरु, नरेन्द्र प्रसाद अवस्थी, कलावती पाण्डेय, सुरेश पन्थी, कृष्ण सिंह पुजारा, राम सिंह ठगुन्ना, देवराज पान्डेय, मोहन बहादुर चन्द, भिमकान्त शर्मा, अर्चना सिन्हा, हिमसिखा लेखक, राधा कुमारी बम, दशरथ खडायत, सुभद्रा प्याकुरेल, योगेश प्रसाद भट्ट, गङ्गा बिस्ट, शेर सिंह बिस्ट, आनन्द पौडेल, दशरथ भट्ट, डा. महावीर पुन, बिरेन्द्र राज पाण्डेय, ललिला भट्ट, फगेस्वरी पनेरु, राधा ओझा, कैलाश चन्द, नरेन्द्र/ पुस्पा चन्द, गणेश ठगुराठी, दिपक गिरि, पार्वती भट्ट, माया प्रकाश भट्ट, बिस्णु प्रशाद भट्ट, पदमराज भट्ट, मोहित पान्डेय, कृष्ण देव भट्ट, देव दत्त कलौनी, अधिवक्ता नन्दलाल चटौत, शेर बहादुर चन्द, तरुन सिंह बोहरा, नवराज कलौनी, चतुर बहादुर चन्द, नारी बडु, बिस्ना चन्द, नन्दा भट्ट, देवकी भट्ट, चेतराज पान्डेय, वीर बहादुर चन्द, सुनिता भट्ट, सानू भण्डारि, बिरेन्द्र पान्डेय, सुनिता भण्डारी, दिपक लामा, उषा गुरुङ, नवीन चन्द, माया बिस्ट बोहरा, उद्वव मार्कण्ड, श्याम सिंह मौनी, आशिष माल, बिनोद भट्ट, रमेश पन्त लगायतले लुगा सहयोग गर्नु भएको छ ।
त्यसैगरी शाखा मेलौलीमा सहयोग गर्ने मनकारी समाजसेवी देव दत्त कलौनी, सरस्वती कलौनी, बिरेन्द्र नेगि, प्रेम बहादुर चन्द, राधा ओझा, भागरथी चन्द, सिर्जना भन्डारी, मिना भट्ट, धनन्जय भट्टले सहयोग गर्नु भएको छ ।
एक वर्षको अवधीमा मेलौलिमा साखामा निसुल्क रुपमा कोठा उपलब्ध गराएर गणेश भट्ट स्वयम समाज सेवामा लाग्नु भएको छ । अभियानलाई निरन्तर सञ्चालनमा सहयोग गर्दै आउनुभएका युवा समाजसेवी दिनेश पाण्डेय, बिबेकानन्द पाण्डेय, मोहित भण्डारी, उद्धव मार्कण्ड सन्तोष राना, तेजबहादुर चन्द यातायात व्यावसायीकाे पनि ठूलो सहयोग रहेको छ ।
सबै क्षेत्रबाट कपडा बैंकलाई सहयाेग भइरहेको छ ।
