पृथ्वीजयन्तीकाे पूर्वसन्ध्यामा सेनाले गर्याे बैतडीमा वक्तृत्वकला प्रतियोगिता

बैतडी:नेपाली सेनाले बैतडीका विद्यालयमा वक्तृत्वकला प्रतियोगिताकाे आयाेजना गरेकाे छ।

३०३ औ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकाे पूर्वसन्ध्यामा यहाँस्थित श्रीबक्स गुल्मले वक्तृत्वकला प्रतियोगिताकाे आयाेजना गरेकाे हाे ।

शाहिलेकस्थित विरेन्द्र माविमा मंगलबार आयोजना गरेकाे प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागिता रहेकाे श्रीबक्स गुल्मका गुल्मपती,सेनानी मधुसूदन केसीले जानकारी दिनुभयाे ।

उक्त विद्यालय र श्रीबक्स गुल्मकाे संयुक्त आयाेजनामा भएकाे प्रतियोगिताकाे शिर्षक राष्ट्र निर्माता,राष्ट्रियताकाे प्रतिक श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह रहेकाे थियाे ।

प्रतियोगितामा सहभागी भएका मध्ये उत्कृष्ट पाँच जना छात्र/छात्राहरुलाई नगद पुरस्कारसहित स्टेसनरीका सामग्री वितरण गरिएको छ।

प्रथम हुनेमा हसिना ओड, द्वितीय ज्याेती पाण्डेय,तृतीय पुजा पाण्डेय,चाैथाे शिक्षा थापा र पाँचौ स्थान भावना खत्रीले हासिल गर्नुभयाे।

विद्यार्थीकाे अतिरिक्त क्रियाकलापसंगै राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे याेगदानका बारेमा जानकारी दिन प्रतियोगिताकाे आयाेजना गरिएको सेनानी केसीले बताउनुभयाे।

हरेक वर्ष पुस २७ गतेका दिन पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ ।

नेपाली सेना पछिल्लाे समय विभिन्न सामाजिक कार्यमा पनि सहभागी हुन थालेपछि यहाँका नागरिक खुसी समेत भएका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!