भारतबाट अवैध रूपमा ल्याइएको १६ लाखकाे बिँडी बरामद 

बैतडी: भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख बढीको बिँडी बैतडी प्रहरीले बरामद गरेकाे छ।
गोप्य सूचनाका आधारमा भन्सार छलेर ल्याइएको १६ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको बिँडी बरामद गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दोगडकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका –६ बाट भन्सार छलीको बिँडी बरामद गरेको जनाएको छ। 

दोगडाकेदार गाउँपालिका–४ लट्क्वालीमा से १ ज ८४४ नम्बरको बोलेरो जिप चेकजाँच गर्ने क्रममा ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

जिपमा भन्सार छलीको बिँडी फेला परेपछि जिप चालक २६ बर्षीय सुरज ठगुन्नासहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको छ । 

यस्तै सुर्नया गाउँपालिका–६ रीगामा से १ ज २२१ नम्बरको बोलेर जिप चेकजाँच गर्ने क्रममा उक्त जिपबाट ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको छ । सुर्नया गाउँपालिका –२ का २१ बर्षीय जिप चालक हरिश बिष्टसहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । 

पछिल्लो समय भारतबाट अवैध रूपमा सामान भित्रिएकाे गुनासाे आउन थालेपछि प्रहरीले कडाइ गरेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!