दीपेन्द्रले जय ट्रफी नखेल्ने

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले जय ट्रफी पुरूष एलिट कप प्रतियोगिता नखेल्ने भएका छन् । जय ट्रफी आगामी साताबाट सुरु हुदैछ।

दीपेन्द्रले युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी(आईएल टि ट्वान्टी) मा सहभागी हुन शुक्रवार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् ।

दीपेन्द्र नेपालको घरेलु प्रतियोगिताहरुमा विभागिय टोली नेपाल पुलिस क्लबको कप्तान हुन् ।

दीपेन्द्रलाई आईएल टि ट्वान्टीको साविक विजेता गल्फ जायन्ट्सले यस संस्करणको लागि रिटेन गरेको हो ।

आईएल टि ट्वान्टी प्रतियोगिता पुस २७ गतेबाट सुरु हुनेछ । दीपेन्द्र गत संस्करण नामिबियाका कप्तान जेहार्ड एरास्मसको स्थानमा टिममा अनुबन्धित भएका थिए ।
गत संस्करण जायन्ट्स च्याम्पियन भए पनि दीपेन्द्रले कुनै पनि खेलमा मौका पाएनन् । 
दीपेन्द्रले एनपीएलमा सुदूरपश्चिम राेयल्सकाे कप्तानी गर्दै उपविजेता बनाएका थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!