बैतडी:बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएकाे छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका वडा न ७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७:५४ बजे ४.६ रेक्टर स्केलको भुकम्प गएको हाे।
भूकम्पको धक्का बैतडीसहित,बझाङ,डडेल्धुरा,डाेटीमा गरिएको छ।
भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।
