काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट खेल्न पठाउने निर्णय भएकाे छ। बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसंगै नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने निर्णय गरेकाे हाे।
यसअघि पनि उच्च अदालतकाे फैसला पर्खिराखेका र सफाइ पाएसंगै सन्दीप विश्वकप खेल्न जाने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
सन्दीपले आजै मात्र सफाइ पाएका हुन्। सफाइपाएसंगै सन्दीपमाथिकाे निलम्बन पनि फुकुवा गरिएको क्यानले जनाएको छ।

