विश्वकप खेल्ने नेपाली टिम बन्द प्रशिक्षणमा

काठमाडौं: महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदै छ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयाे ।  

टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयाे।  

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ ।
नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!