रवि सांसद पदबाट निलम्बित,रास्वपाद्वारा विरोध(सूचनासहित)

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका रवि यसअघि गृहमन्त्री समेत बनेका थिए ।

रविको सांसद पद निलम्बनमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ ।

यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ ।

आज बसेको सचिवालय बैठकले अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!