काठमाडौं:बलात्कार मुद्दा लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्। उनलाई उच्च अदालत पाटनले निर्दाेष ठहर गर्दै सफाइ दिएको हाे।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको हाे ।
जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
सन्दीपकाे पक्षमा फैसला भएसंगै उनले विश्वकप खेल्ने बाटाे पनि खुलेकाे छ।
