काठमाडौं: मलेसियामा सम्पन्न यू-१९ महिला एशिया कपको उपाधि भारतले जितेको छ ।
बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि रक्षा गरेकाे हाे।
११८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् । भारतकी आयुषी शुक्लाले ३ विकेट लिइन् ।
यसअघि मलेसियाको क्वालालम्पुरका टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो । भारतकी गोन्गाडी त्रिशाले ५२ रन बनाइन् । बङ्गलादेशकी फरजाना इस्मिनले ४ विकेट लिइन् ।
प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर–फोर’ बाट बाहिरिएको थियो ।
