सुदूरपश्चिमलाई हराएर जनकपुरले जित्याे एनपीएलकाे उपाधि

काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका जनकपुर बोल्ट्सले जितेकाे छ।

आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएर जनकपुरले उपाधि हात पार्याे।
उपाधिसंगै जनकपुरले १ कराेड १० लाख पुरस्कार पायाे। उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायाे।

सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!