सन्दीप लामिछाने बने नेपाली क्रिकेट टाेलीकाे कप्तान

काठमाडौं: राेहित पाैडेललाई हटाएर नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट टोलीको कप्तान बनाएकाे छ।
कप्तानमा सन्दीपले ४ वर्षपछि कमब्याक गरेका हुन्।

मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको लागि १४ सदस्यीय टिम घाेषणा गर्दै कप्तानमा सन्दिप रहेका छन्।

नियमित कप्तान रोहित पौडेललाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई कप्तान बनाइएको हो। योसँगै झन्डै ४ वर्षपछि  रोहितको कप्तानी यात्राको अन्त्य भएको छ। केही महिनाअघि उनलाई हटाएर दीपेन्द्र सिंह ऐरीलाई टि ट्वान्टी टोलीको कप्तान बनाइएको थियो।

सन्दीपले यसअघि सन् २०२१ मा पहिलो पटक नेपाली टिमको कप्तान बनेका थिए।  पछिल्लो पटक आइसिसी विश्वकप लिग टु अन्तर्गत दुई सिरिजमा नेपालको प्रदर्शन कमजोर रह्यो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!