सुदूरपश्चिमकाे जनकपुरलाई १८५ रनकाे चुनाैती

काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे जनकपुरलाई १८५ रनकाे चुनाैती दिएकाे छ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेटको ९ क्षतिमा १८४ रन बनायाे । जसमा शैफ जैबले सर्वाधिक ६९ र विनाेद भण्डारीले ४१ रनकाे याेगदान गरे ।
जनकपुरका माेहमद माेसिम र किशाेर महताेले ३/३ विकेट लिए।

बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको थियोे  ।

समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ ।

यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ ।

विजेताले १ कराेड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।

नेपाल क्रिकेट संघकाे आयाेजनामा मंसिर १५ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टाेलीकाे सहभागीता रहेकाे थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!