नेपालले हङकङलाई २२६ रनले हरायाे, जित्यो शृखला

काठमाडौं: नेपाली यु-१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार नेपालले २२६ रनको सानदार जित दार्ता गर्यो ।

जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो ।

नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा ७१ रनमै समेटियो ।

हङकङका कप्तान शिव माथुरले १६, अरेज दार र प्र्रित मोन्गुकियाले समान १४ रन बनाए ।

नेपालका लागि दयानन्द मण्डलले चार, सिब्रिन श्रेष्ठ र अपराजित पराजुलिले समान दुई तथा सन्तोष यादव र नरेन भट्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि सोहेल कुँवरले १०९ बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी सन्तोष यादवले ५४ बलमा पाँच चौकाको मद्दतले अविजित ६६, दिलसद अलीले ४१, कप्तान अभिषेक तिवारीले २६, सिब्रिन श्रेष्ठले  १४ र अपराजित पराजुलीले ११ रन बनाए ।

सोहेलले तेस्रो विकेटका लागि दिलसदसँग ९६ तथा सन्तोषले अभिषेकसँग सातौं विकेटका लागि ५७ रनको सोझेदारी गरे ।

हङकङका लागि ड्यानिलय एम्पले तीन, अब्दुल समादले दुई तथा थोमस एलेक्सजेन्डर फुजेस, प्र्रित मोन्गुकिया र ह्यारी हजसनले समान एक विकेट लिए ।

शृंखलाका तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!