रविचन्द्रन अश्विनले लिए क्रिकेटबाट सन्यास

काठमाडौं: भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको तेस्रो टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्यासको घोषणा गरेका हुन् ।

३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ टेस्ट खेल खेलमा ५३७ विकेट लिएका छन् ।

उनले खेलमा ८ पटक १० विकेट लिएका छन् । ब्याटिङमा पनि अश्विनको प्रदर्शन राम्रो रह्यो । उनले ६ शतक र १४ अर्धशतक पनि बनाएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले एक्समार्फत अश्विनलाई उनको सेवाको लागि धन्यवाद दिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!