एलिमिनेटरमा कर्णाली र चितवन तथा क्यालिफायरमा सुदूरपश्चिम र जनकपूर भिड्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को  एलिमिनेटरमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

यो खेलमा पारजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित हासिल गर्ने टोलीले फाइनल पुग्ने एक मौका पाउनेछ।

लिग चरणबाट चितवन सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अंकका साथ तेस्रो स्थामा रहेर प्लेअफमा पुगेको हो। 

यता कर्णालीले पनि सोही नतिजा निकालेको थियो। तर नेटरनरेटमा चितवन अगाडि रह्यो।

कर्णाली चिवनविरुद्धको जितलाई आज  पनि कायम राख्ने लक्ष्यमा हुनेछ। चितवन भने समूह चरणमा ब्यहोरेको हारको बदला लिने दाउमा छ। समूह चरणको खेलमा कर्णाली ६ विकेटले विजयी भएको थियो।
यस्तै आजै दिउसाे १ बजे हुने पहिलाे क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् ।
जित्ने टाेली सिधै फाइनल पुग्नेछ। भने हार्ने टाेली एलिमिनेटरमा विजयी भएकाे टिमसंग खेल्नेछ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!