सुदूरपश्चिम शिर्ष स्थानमा रहेर प्लेअफमा,क्वालिफायर खेल जनकपुरसंग हुने

काठमाडौं:   नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको छ ।

सोमवार एनपिएलको लिग चरणको खेलको समाप्तीसँगै प्लेअफ समिकरण पूरा भएको छ । लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए ।

एनपिएलको प्लेअफको पहिलो खेलमा बुधवार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । यस खेलको विजेता टोलीले फइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन् ।

बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउँने अर्को मौका पाउँने छ । पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ ।

दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउँनेछ ।
फाइनल खेल आगामी शनिवार हुनेछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!