सुदूरपश्चिम प्लेअफमा, पहिलाे क्वालिफायर खेल्ने सम्भावना बलियाे

काठमाडौं:   सुदूरपश्चिम रोयल्सनेपाल प्रिमियर लिग (एनपिएल)काे प्लेअफमा पुगेकाे छ।
आज सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा स्थान पक्का गरेको हाे ।

जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।

पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । हर्मितले ३ तथा सेफ अली जेबले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो ।

सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन जोडे ।

जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो । एनपिएलको समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमवार कर्णालीको सामना गर्नेछ ।

आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!