विश्वकपकाे अभ्यास खेलमा नेपाल विजयी,दीपेन्द्र नायक बने

काठमाडौं: टि-२० विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपालले पहिलो अभ्यास खेलमा जित निकालेकाे छ।
नेपालले विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले हरायाे ।
पार्क हिल मैदानमा घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गर्‍यो । जसमा ओपनर कुशल भुर्तेलले ७०, दीपेन्द्रसिंह ऐरीले ५२ तथा सोमपाल कामीले ३२ रन जोडे ।

अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा ४ छक्का प्रहार गर्दै एकै ओभरमा २६ बनाए । अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले १ छक्का र १ चौकाको मद्दतमा १२ रन जोडेपछि नेपाल विजयी भयो ।

नेपालले विनवार्ड्स भोलक्यानोजसँगै भोलि र शनिबार गरी थप २ अभ्यास खेल खेल्ने तालिका छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!