बैतडी: गैरकानुनी रूपमा नेपाल बस्दै आएका दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जर्मनी नागरिक फ्लेक केलर र फ्लेक रहेका छन्।
उनीहरूलाई जिल्लाकाे दाेगडाकेदार गाउँपालिकाबाट नियन्त्रणमा लिइएको बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
वर्षाैदेखि लुकिछिपि बस्दै आएका उनीहरूलाई समातेकाे हाे।
काेराेना सुरू हुनुभन्दा पहिले नै यहाँ आएका उनीहरू दुबैजना त्यसपछि गैरकानुनी रूपमा बस्दै आएका थिए।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।
