लुम्बिनीविरूद्ध कर्णाली पहिला ब्याटिङमा

काठमाडाैं:  नेपाल प्रिमियर लिग (एनपीएल) आज हुन लागेको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । यससँगै उसले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।  प्लेअफको दौडबाट बाहिरिइसकेको लायन्सविरुद्ध कर्णाली याक्सले पहिले व्याटिङ गर्ने भएको हो ।  खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुँदै छ ।

यसअघि ६ खेल खेलमा पराजित भएर प्लेअफ होडबाट बाहिरिसकेको लुम्बिनीको यो लिगकै अन्तिम खेल हो । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ ।

सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!