पत्रकार महासंघ बैतडीमा अध्यक्ष र काेषाध्यक्षबाहेक सबै निर्विरोध

बैतडी: नेपाल पत्रकार महासंघ बैतडी शाखामा अध्यक्ष र काेषाध्यक्षबाहेकका अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका छन्।

निर्विराेध हुनेहरूमा खुला उपाध्यक्षमा लक्ष्मण बिसि (रेडियो मेलाैली), महिला उपाध्यक्षमा रतना कलाैनी(दिनेशखबर), सचिवमा विनाेद विष्ट(रासस), सहसचिवमा केशवराज भट्ट(बाशुलिङ्ग मिडिया), समावेशी सहसचिवमा मंगेश दयाल(रेडियो मेलाैली) हुनुभएकाे हाे ।
यस्तै शाखाका सदस्यहरूमा गाैरव चन्द(रेडियाे सनसेर),सरस्वती मडै(रेडियाे सनसेर),डम्बर बाेहरा(रेडियो सेभेनस्टार),विरेन्द्र विष्ट(खबरबाेर्ड),मदनराज भट्ट(रेडियाे सेभेनस्टार),राधिका भट्ट(जनआदर्श साप्ताहिक),प्रताप दमाई(नेपाल एफएम नेटवर्क) र विमला भट्ट(रेडियो निङ्गलाशैनी) पनि निर्विरोध चयन हुनुभएको छ।

यसका साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय(रेडियो नेपाल),अमर भट्टराई(रेडियो सेभेनस्टार) र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी(रेडियो निङ्गलाशैनी),डीआर भट्ट(निकाे खबर),सिपि लाेहिया(स्टार बुलेटिन) र बशन्तप्रकाश विष्ट(सुर्नया टाइम्स) निर्विरोध हुनुभएकाे छ।

यसैबीच शाखाका अध्यक्षका लागि लाेकेश साउद(नयाँ पत्रिका) र नरी बडू(नेपाल टेलिभिजन)काे उम्मेदवारी परेकाे छ।
काेषाध्यक्षमा करूणाकर भट्ट(रेडियो बैतडी),कृष्ण विष्ट(रेडियो सेभेनस्टार) र सुरेश अवस्थी(रेडियो निङ्गलाशैनी)ले उम्मेदवारी दर्ता गराउनुभएकाे छ।

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार बैतडीमा पनि आज मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेकाे निर्वाचन समिति सदस्य दिपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयाे ।

महासंघकाे निर्वाचन अन्तरगत मंसिर २८ गते मतदान हुनेछ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!