आईपीएल: दिल्लीले लखनऊलाई हरायाे,राजस्थान प्लेअफमा

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ।
दिल्लीले दिएकाे २०९ रनकाे लक्ष्य पछ्याएकाे लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।
यसअघि दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो। उसका लागि अभिषेक पोरेलले ५८ र ट्रिस्टन स्टब्सले ५७ रन बनाए।  
यो संगै राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ।राजस्थानको १६ अंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ। यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ।

यसैगरी सनराइजर्स हैदरबादको समान १४ अंक हुँदा उसले २ खेल खेल्न बाँकी छ। लखनऊको १२ अंक छ र उसको एक खेल बाँकी छ। कलकता नाइट राइडर्स भने १८ अकका साथ प्लेअफ हुँदै क्वालिफायरमा पुगिसकेको छ। 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!