जनकपुरविरूद्ध सुदूरपश्चिम टस हारेर ब्याटिङमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम टस हारेर ब्याटिङ गर्दैछ।

हुने आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। एनपीएलमा अहिलेसम्म १७ वटा खेल सम्पन्न भएका छन्। जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ।

यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ। तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ।

लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!