कर्णालीकाे तेस्रो जित,पाेखरा पराजित

काठमाडौं:
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित निकालेको छ।
 अलराउण्डर विलियम बोसिस्टोले ६ विकेट लिएपछि पोखरा एभेन्जर्सविरुद्ध याक्सले जित हासिल गरेको हाे ।

पाँचौ खेलमा तेस्रो जित निकाल्ने क्रममा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो । पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कर्णालीका लागि गुलशन झाले नट आउट रहँदै ४९ रन जोडे । चाडविक वाल्टनले ४२ रन बनाए ।

पोखराका लागि विपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भएको थियो ।

पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे ।

एनपिएलको एकै इनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् । यसअघि नरेन साउद, सोहेल तन्भिर र हर्ष ठाकरले एकै इनिङमा ५ विकेट पूरा गरेका थिए ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए । सोमपाल कामी, युनिश तथा विपिन शर्माले समान १ विकेट लिए ।

जितसँगै कर्णालीको ५ खेलमा ६ अंक भएको छ । पराजित पोखराको ४ खेलबाट २ अंक छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!