काठमाडौं:नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।
लुम्बिनीका लागिकप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे ।
साद बिन जफरले ५२ रन बनाए ।
सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको साझेदारीले सन्तुलित बनायो ।
५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरे ।
अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।
चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले १–१ विकेट लिए ।
चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।
लुम्बिनी पहिलाे जितकाे खाेजीमा छ।
