जितविहिन लुम्बिनी र सुदूरलाई झड्का लगाउने चितवन भिड्दै

काठमाडौं: काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा पहिलो खेल विहान ९ः१५ बजे चितवन राइनोज र लुम्बिनी लायन्स तथा दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अझै पहिलो जितको खोजीमा छ । लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो ।

लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ । चितवनले पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा ३ खेलमा ब्रेक लगाउँदै तेस्रो जित हात पारेको थियो ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनले चार मध्ये ३ खेल जितेर ६ अंकसहित तेस्रो स्थानमा छ । लगातार चार खेल हारेको लुम्बिनी अंकविहिन हुँदै पूछारमा छ ।

एनपिएलमा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।

मंसिर १५ देखि सुरू प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!