कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट: आज ३ खेल सम्पन्न

बैतडी:धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा आज ३ खेल सम्पन्न भएका छन्।
पहिलाे खेलमा स्टेपिङ स्टाेनले कैलाली विद्या निकेतनलाई ८ विकेटले हरायाे। जसमा ३ विकेट हात पारेका स्टेपिङका छेनाेन धामी प्लेयर अफ द म्याच चुनिए ।
दाेस्राे खेलमा धनगढी नमूना स्कुललाई लिटिल फ्लावर स्कुलले ५० रनले हरायाे। ५ विकेट लिएका लिटिल फ्लावरका सुवाेध तिवारी म्यान अफ दि म्याच भएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।
अन्तिम खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीले शैलेश्वरी स्कुलमाथि ९ विकेटको शानदार जित दर्ता गर्याे। जसमा ३ विकेट लिएका सन्देश पाैडेल उत्कृष्ट खेलाडी भए।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि शुरू भएकाे प्रतियोगिता जेष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!