सुदूरपश्चिमकाे पहिलाे हार,चितवनसंग पराजित

काठमाडौं: काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलाे हार ब्यहाेरेकाे छ। आज सम्पन्न खेलमा सुदूरपश्चिमलाई
चितवन राइनाेजले हरायाे।

जितका लागि पाएकाे १६५ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयाे। उसका ईसान पाण्डेले सर्वाधिक ३५ रन बनायाे।

यसअघि कीर्तिपुर मैदानमा चितवनले टस जितेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनायाे।
जसमा हसन एइसाखिलले सर्वाधिक ६५ रन बनायाे।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!