बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ३ खाेचलेकमा रहेकाे श्रीकाेट बहुमुखी क्याम्पसमा बास/निगालाेसम्बन्धि गैर क्रेडिट पाठ्यक्रम निर्माण हुँदै छ। पाठ्यक्रम निर्माणकाे लागि आज मस्याैदा प्रस्तुत तथा एकदिने गाेष्ठी सम्पन्न भएकाे श्रीकाेट बहुमुखी क्याम्पसका प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयाे।
उहाँले भन्नुभयो,” शिक्षालाई उत्पादनसित जाेड्ने र व्यवशायमुखी बनाउने उद्धेश्यले पाठ्यक्रम बनाएर लागू गरिन लागिएको हाे।”
मस्यौदामा सीप सिकाएर उत्पादनशीत जाेड्ने,विदेसिने जनशक्तिलाई स्वदेशमै उद्यमी बनाउने लक्ष्य रहेकाे छ।
उक्त सीपमूलक कार्यक्रममा ५० जना सहभागी हुने र उनीहरू लक्षित समूह र पिछडिएका क्षेत्रका हुने जनाएको छ। पाठ्यक्रम पूरा गर्न ६०० कार्य घण्टा शिक्षण हुने र शिक्षण नेपाली,अंग्रेजी, डाेटेली र बैतडेली भाषामा गरिने मस्यौदामा उल्लेख गरिएको छ।
आज सम्पन्न गाेष्ठीमा सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी रहनुभएकाे थियाे।
मस्यौदामाथि अझै सुझाव,सल्लाह लिने र विज्ञहरूको सल्लाहअनुसार पाठ्यक्रमकाे अन्तिम रूप दिइने जनाएको छ ।

