बिडिसिए इलाइट कप: एकेडेमीको विजयी सुरूवात,निङ्गलाशैनी पराजित

बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दशरथचन्द क्रिकेट एकेडेमीले विजयी सुरूवात गरेकाे छ।

आज सम्पन्न खेलमा साविक बिजेता निङ्गलाशैनी क्रिकेट क्लबलाई ४ विकेटले हराउदै एकेडेमीले विजयी सुरूवात गर्याे।

जितका लागि पाएकाे १६८ रनकाे लक्ष्य एकेडेमीले २७.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा आयुश चन्दले अविजित ८८ रनकाे याेगदान गरे ।

आयुश खेलका प्लेयर अफ द म्याच पनि चुनिए।

बलिङमा रिसिकेश बाेहराले ४ विकेट झारे।

यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे निङ्गलाशैनी ३८.५ ओभरमा १६७ रनमा समेटियाे । उसका प्रशान्त भण्डारीले ४५ र गजेन्द्र बाेहराले ३६ रन बनाए।
एकेडेमीका निखिल चन्दले ३, विरेन्द्र चन्द,विशाल चन्द र दिनेश महराले २/२ विकेट हात पारे।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे प्रतियोगिता मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिता दुई चरणमा भइरहेकाे हाे। यसअघि मंसिर ११ गतेदेखि १८ गतेसम्म प्लेट च्याम्पियनसिप भएकाे थियाे।

याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।

गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!