कर्णालीकाे दाेस्राे हार,काठमाडौंसंग पराजित

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दाेस्राे हार ब्यहाेरेकाे छ ।
पहिलाे खेलमा जनकपुरसंग पराजित भएकाे कर्णालीलाई आज काठमाडौँ गुखार्जले ३ विकेटले हरायाे।
जितका लागि पाएकाे १५० रनकाे लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायाे।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनायाे ।
जसमा ओपनर शिखर धवनले अर्धशतकीय पारी खेले ।
शिखर ५१ बलमा ७२ रनमा अविजित रहे।
कर्णालीले अन्तिम ४ ओभरमा ५१ रन जाेड्याे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!