बिडिसिए कप: पञ्चकाेटी प्लेट च्याम्पियन,इलाइट च्याम्पियनसिपमा छनाैट

बैतडी:पञ्चकाेटी युवा क्लब, बैतडीमा सम्पन्न २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे प्लेट च्याम्पियन भएकाे छ।

आज सम्पन्न फाइनल खेलमा ग्वाल्लेक क्रिकेट क्लबलाई ४८ रनले पाखा लगाउदै पञ्चकाेटी प्लेट च्याम्पियन भएको हाे।

प्लेट च्याम्पियन भएसंगै पञ्चकाेटी इलाइट च्याम्पियनसिपका लागि पनि छनाैट हुन सफल भयाे।

पञ्चकाेटीले यसका साथै २५ हजार पुरस्कार पनि जित्याे।
पहिला ब्याटिङ गरेकाे पञ्चकाेटी २९.४ ओभरमा २२८ रनमा अलआउट भयाे।
उसका सुमित बुडाल र नरेश लावडले अर्धशतक हिर्काए। सुमितले ९६ र नरेशले ६४ रन बनाए।
ग्वाल्लेकका भाेजराज जाेशी र सुर्या जाेशीले ३/३ विकेट हात पारे।
जवाफमा मैदान उत्रेकाे ग्वाल्लेक २९.३ ओभरमा १८० रनमा अलआउट भयाे। जसमा उमेश जाेशीले ५५ रन हाने।
पञ्चकाेटीका सुमित बुडाल प्लेयर अफ द फाइनल चुनिएका स्काेरर गजेन्द्र चन्दले जानकारी दिनुभयो ।

च्याम्पियन टाेलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्द,बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लाेकराज जाेशीलगायतले पुरस्कार वितरण गर्नुभयाे।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि सञ्चालित प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा भइरहेको हाे।

इलाइट च्याम्पियनसिपका खेलहरू मंसिर २० गतेदेखि हुनेछन् ।

याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!