एनपीएल: सुदूरपश्चिम टस हारेर ब्याटिङमा

काठमाडौं: विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  विराटनगरका कप्ता सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय लिए ।
दीपेन्द्र सिंह ऐरीकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम ब्याटिङमा उत्रनेछ।

सुदूरपश्चिम पहिलाे खेल खेलिरहेकाले सुखद सुरूवात गर्न चाहन्छ। पहिलो खेलमा पराजित विराटनगर आजकाे खेल जित्ने लक्ष्यमा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!