कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट: वर्षाका कारण आजका खेल अवरुद्ध

बैतडी:धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा आज हुने भनिएका खेलहरू वर्षाका कारण हुन सकेनन् । फाप्ला क्रिकेट मैदानमा आज एभीएन र विद्याभूषण,चैतन्य र दुर्गालक्ष्मी तथा प्रहरी र अरिष्ट्राेबीच खेल हुने खेलतालिका रहेकाे थियाे।

वर्षाका कारण खेल हुन नसक्दा सबै टाेलीले एक/एक अंक बाडेका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे। प्रतियोगिताका भाेलिदेखिका खेल खेलतालिकाअनुसार नै हुने जनाएको छ।
यसअघि हिजाे भएका खेलमा मणिलेक ईन्टरनेशनल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी विजयी भएका थिए।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि शुरू भएकाे प्रतियोगिता जेष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!