काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनकाे चुनाैती दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायाे। कर्णालीले अन्तिम २ ओभरमा ४३ रन जाेड्याे। १८ ओभरमा ९८ रन मात्रै बनाएकाे कर्णालीका कप्तान साेमपाल कामी र अर्जुन घर्तीले बिस्फाेटक पारी खेले । अर्जुनले ३३ र साेमपाल २९ रनमा अविजित रहे।
जनकपुर माेहमद माेहसिनले २ विकेट हात पारे।
कर्णाली सुखद सुरूवातकाे खाेजीमा छ भने जनकपुर दाेस्राे जित निकाल्ने लक्ष्यमा छ।
