बिडिसिए कप: सेमिफाइनल समीकरण पूरा,ग्लाल्लेक पनि अन्तिम चारमा

बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ।

आज सम्पन्न लिग चरणको अन्तिम खेलबाट ग्वाल्लेक क्रिकेट क्लब अन्तिम चारमा सुरक्षित भएसंगै सेमिफाइनल समीकरण पूरा भएकाे हाे ।

गिरेगडा टिमलाई १७६ रनले हराउदै समूह सी काे विजेताकाे रूपमा ग्वाल्लेक सेमिफाइनलमा पुगेकाे छ।

जितका लागि पाएकाे २५० रनकाे लक्ष्य पछ्याएकाे गिरेगडा १३.५ ओभरमा ७३ रनमा अलआउट भयाे । उसका मनिष दयालले १३ र भरत चन्दले १० रन बनाउनबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

ग्वाल्लेकका भाेजराज जाेशीले ५ र मनाेजराज जाेशीले ३ विकेट लिए।

त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे ग्वाल्लेकले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा २४९ रन बनायाे।
जसमा म्यान अफ द म्याच समेत भएका उमेश जाेशीले सतकीय पारी खेल्दै १०७ रन हिर्काए। यस्तै मनाेजराज जाेशीले ४९ रन बनाए।
गिरेगडाका भरत चन्दले २ विकेट लिए ।

यसअघि समूह ए काे विजेताकाे रूपमा कालाशैनी क्रिकेट क्लब,समूह बी बाट पञ्चकाेटी युवा क्लब,समूह डी बाट कैलपाल उदउदेव युवा क्लब सेमिफाइनलमा पुगिसकेका छन्।

प्रतियोगिताका सेमिफाइनल खेलहरू भाेलिदेखि हुनेछन् ।

पहिलाे सेमिफाइनलमा कालाशैनी र ग्वाल्लेक भिड्दा दाेस्राेमा पञ्चकाेटी र कैलपालबीच प्रतिस्पर्धा हुनेछ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!