रेडियन्ट ग्याँस बिडिसिए कप: कैलपाल सेमिफाइनलमा,प्रदीप उत्कृष्ट

बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलबाट कैलपाल उदयदेव युवा क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ।

पाटन भ्याली क्रिकेट क्लबलाई १२२ रनले हराउँदै कैलपालले अन्तिम चारमा सुरक्षित भएकाे हाे ।

कैलपालले दिएकाे २५५ रनकाे बिशाल लक्ष्य पछ्याएकाे भ्याली २१.४ ओभरमा १३२ रनमा समेटियाे ।
उसका युवराज भण्डारीले सर्वाधिक २५ रन हिर्काए।

कैलपालका प्रदीप चन्द र किशाेर भाटले ३/३ विकेट हात पारे।

यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे कैलपालले २५ ओभरमा ४ विकेटको क्षतिमा २५४ रन जाेड्याे।
जसमा प्रदीप चन्दले सतकीय पारी खेल्दै १२९ रनमा अविजित रहे। प्रदीप खेलका म्यान अफ द म्याच समेत चुनिए।

भ्यालीका लखन थापाले २ विकेट हात पारे।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!