श्रीकाेटमा क्याम्पस-समुदाय सहकार्य कार्यक्रम सम्पन्न

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका ३ खाेचलेकमा रहेकाे श्रीकाेट बहुमुखी क्याम्पसकाे आयाेजनामा क्याम्पस-समुदाय सहकार्य कार्यक्रम सम्पन्न भएकाे छ।
“स्वच्छ वातावरण हाम्रो अभियान , स्वच्छताका निम्ति सबको योगदान”भन्ने मुल नाराका साथ वातावरणीय सरसफाइ सम्बन्धि क्याम्पस -समुदाय सहकार्य कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रम अन्तरगत आज खाेचलेक र सिल्लेगडा बजारमा सरसफाइ गरिएको आयाेजक श्रीकाेट बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानसिंह कार्कीले बताउनुभयाे।उहाँले भन्नुभयाे,” स्वच्छ वातावरणका लागि वातावरणीय सरसफाइ अनिवार्य छ,स्वच्छता लागि सबैले आ-आफ्नो ठाउँबाट लाग्नुपर्छ।”

क्याम्पसबाट प्लेकार्ड र र्यालीसहित खाेचलेक बजारमा पुगि सरसफाइ गरिएको थियो । त्यसपश्चात पुनः र्यालीसहित सिल्लेगडा बजार पुगेर सरसफाइ गरिएको थियाे।
सरसफाइ कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू,प्राध्यापक,विद्यार्थी, खाेचलेक प्रहरी चाैकीका सुरक्षाकर्मी,स्थानीय बासिन्दालगायतको सहभागिता रहेकाे थियाे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!