बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज कैलपाल क्रिकेट क्लब र ग्वाल्लेक क्रिकेट क्लब विजयी भएका छन्।
कैलपालले याैङ्गस्टारलाई १८ रनले हरायाे भने ग्वाल्लेकले गिरेगडा क्रिकेट क्लबमाथी १०१ रनकाे विशाल जित दर्ता गर्याे।
कैलपालले दीएकाे १३२ रनकाे लक्ष्य पछ्याएकाे याैङ्गस्टारले ११३ रन मात्रै बनाउन सक्याे।
यस्तै अर्काे खेलमा ग्वाल्लेकले दिएकाे २२३ रनकाे विजयी लक्ष्य पछ्याउने क्रममा गिरेगडा १२१ रनमा अलआउट भयाे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।
