एनपीएल: जनकपुरकाे विजयी सुरूवात,सन्दीपकाे टिम पराजित

काठमाडौं: नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुर बोट्ल्सले विजयी सुरूवात गरेकाे छ।

पहिलाे जित दर्ता गर्ने क्रममा जनकपुरले विराटनगर किङ्सलाई हरायाे।

जितका लागि पाएकाे १२८ रनकाे लक्ष्य जनकपुरले सहजै पार गर्याे । जसमा लाहिरू मिलन्थाले अर्धशतक हिर्काए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकाे निम्ता पाएकाे विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयाे।
जसमा मार्टिन गप्टिलले सर्वाधिक ५५ रन हिर्काए।

जनकपुरका ललित राजवंशीले ३ विकट हात पारे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!